
आज निजामती सेवा दिवस मनाइँदै,
भदौ- २२
काठमाडौँ: आज विभिन्न कार्यक्रम गरी देशभर निजामती सेवा दिवस मनाइँदै छ। स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।