
एसिया कप २०२५ : भारत र पाकिस्तान बीच आज पुनः प्रतिस्पर्धा हुने,
असोज-५
काठमाडौं - एसिया कप २०२५ को सुपर–४ मा भारत–पाकिस्तानबीच बीच आज आइतबार फेरि प्रतिस्पर्धा हुँदै छ ।
यी दुई टिमबीच यसअघि यही प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको सहज रूपमा जीत हासिल गर्न सफल भएको थियो।
आजको खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।