
नेकपा माओवादी केन्द्रको सबै कमिटी भङ्ग गरिँदै,विशेष महाधिवेशनमा जाने तयारी,
असोज-६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन (भंग) गरिँदै छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीसमेत विघटन गरेर विशेष महाधिवेशनमा माओवादी केन्द्र जाँदै छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सबै तहका कमिटीहरू विघटन गरेर आउँदो मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।