नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

EnglishEN
प्रधानमन्त्री सुशिला कार्की र निर्वाचन आयोग का पदाधिकारीबीच छलफल,

प्रधानमन्त्री सुशिला कार्की र निर्वाचन आयोग का पदाधिकारीबीच छलफल,

असोज -७

काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानून संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताएका छन्। 

२३ Sep २०२५ , ६:१५pm
हाम्रो आवाज