नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

EnglishEN
गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु,

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु,

असोज -९

गुल्मी - गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। चट्याङ लागेर तीनवटा गोरु पनि मरेका प्रहरीले जनाएको छ। 

 

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो। 

 

घरमा सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो। चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

२५ Sep २०२५ , ७:५६am
हाम्रो आवाज