
आफूले गोली चलाउने आदेश नदिएको पूर्व प्रधानमन्त्री ओलीको दाबी,
असोज-११
काठमाडौँ - पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन्।
पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रमा एमाले अध्यक्ष ओलीले जेन-जी आन्दोलनमा रक्तपातका लागि आफु जिम्मेवार नरहेको आफूले गोली चलाउने आदेश नदिएको जिकिर गरेका छन ।
आफू रक्तपात नहोस् भन्ने पक्षमा रहेको तर गोली कसको आदेशमा चल्यो भनेर आश्चर्य व्यक्त गरेका हुन्।