नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
कोइला खानीको सुरुङ भत्किएर चीनमा तीनजना श्रमिकको मृत्यु,

कोइला खानीको सुरुङ भत्किएर चीनमा तीनजना श्रमिकको मृत्यु,

असोज-११

एजेन्सी– कोइला खानीको सुरुङ भत्किएर चीनमा तीनजना श्रमिकको मृत्यु भएको छ ।चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ ।

बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए ।

शनिबार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ ।

२७ Sep २०२५ , २:५७pm
हाम्रो आवाज