
रूस युक्रेन बिचको द्वन्द्व वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लावरोभको भनाई,
असोज-१२
काठमाडौं-रूस युक्रेन बिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लावरोभले बताएका छन्।
लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिदै यस्तो बताएका हुन्।
यूएनजीएको ८० औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताएका हुन् ।