नेपाली समय:

वि.सं २०८२ आश्विन २४   शुक्रवार

EnglishEN
सर्पको टोकाइबाट कञ्चनपुरमा तीन वर्षीय बालकको मृत्यु,

सर्पको टोकाइबाट कञ्चनपुरमा तीन वर्षीय बालकको मृत्यु,

असोज १४

कञ्चनपुर-कृष्णपुर नगरपालिका–४ कञ्चनपुरमा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।  

 

आफ्नै घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । गएराति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३० Sep २०२५ , २:००pm
हाम्रो आवाज