नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
पूर्व प्रधानमन्त्री ओलीको राहदानी रोक्काको निर्णय प्रति युवासंघको आपत्ति,

पूर्व प्रधानमन्त्री ओलीको राहदानी रोक्काको निर्णय प्रति युवासंघको आपत्ति,

असोज- १४

 

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। 

 

संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ठोस आधारबिनै प्रारम्भिक चरणमै राहदानी रोक्ने निर्णय गर्नु आपत्तिजनक भएको बताएका हुन्।

 

विज्ञप्तिमा एमाले पोलिटब्युरो सदस्य तथा संघका पूर्व इन्चार्ज महेश बस्नेतमाथि मुद्दा चलाउने तयारीबारे आएका समाचारप्रति पनि आपत्ति जनाइएको छ। संघले सरकारले प्रतिशोधपूर्ण क्रियाकलाप तत्काल रोक्नुपर्ने चेतावनी दिएको छ।

३० Sep २०२५ , २:०९pm
हाम्रो आवाज