नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
असोज १७ देखि २० गते सम्म मनसुन सक्रिय हुने- विशेष सतर्कता अपनाउन मौसमविदको आग्रह,

असोज १७ देखि २० गते सम्म मनसुन सक्रिय हुने- विशेष सतर्कता अपनाउन मौसमविदको आग्रह,

असोज- १६

काठमाडौँ -जल तथा मौसम विज्ञान विभागले असोज १७–२० गतेसम्म विशेष सतर्कता अपनाउन  अनुरोध छ ।

 

विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १७–२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो ।

 

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

२ Oct २०२५ , ९:०१am
हाम्रो आवाज