नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या,

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या,

असोज-२२

नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ ।अभियुक्त तामाङले घरायसी विवाद बढेपछि आवेशमा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

१ दिन पहिले
हाम्रो आवाज