नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
संसद पुनर्स्थापनाको माग राखेर अदालत जाने - महेश बस्नेत,

संसद पुनर्स्थापनाको माग राखेर अदालत जाने - महेश बस्नेत,

असोज-२२

काठमाडौं - नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग राखेर अदालत जाने भएका छन । आज बुधबार पत्रकार सम्मेलन गरेर एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले संसद् पुनर्स्थापनको माग राखेर अदालतमा जाने बताएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन गरिएको थियो । आफूमाथि लागेको साइबर क्राइमसम्बन्धी जाहेरीका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोलाई बयान दिएलगत्तै नेता बस्नेतले पत्रकार सम्मेलन गरेर सरकारले नेतामाथि प्रतिशोध साँध्ने, निर्वाचन नगराउने, भदौ २३ र २४ गतेको घटनामा आपराधिक घटनामा संलग्नलाई कारबाही नगर्ने रणनीतिमा लागेको आरोप लगाएका हुन् ।


 

१ दिन पहिले
हाम्रो आवाज