
जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु,
कार्तिक-३
कञ्चनपुर -जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन्।
वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ गइरहेका थिए। “बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जनाएका छन ।