बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी,
कार्तिक-९
काठमाडौँ-लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्राे साता बस्ने तयारी भइरहेको छ ।
प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उनीसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ ।

