ने.क.पा नेत्रविक्रम चन्द विप्लव द्वारा यही कात्तिक २० गते काठमाडौँमा प्रदर्शन गरिने,
कार्तिक-१०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव समुहले यही कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा कार्यक्रम गर्ने भएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत विप्लवले यस्तो आह्वान गरेका हुन् ।
उनले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर,दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ ।
उनले स्वाधीनता र समाजवादका पक्षमा उभिनका लागि कात्तिक २० गते काठमाडौँमा प्रदर्शन गरिने जनाएका छन।

