सरकार त्रिपक्षीय छलफलको तयारीमा,
कार्तिक-१२
काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको लागि गठन गरिएको अन्तरिम सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने तयारीमा जुटेको छ ।
छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ । आगामी निर्वाचनको विषयमा छलफलका लागि बैठकको आयोजना गरिएको बताइएको छ।

