सिटीटेक ग्रुप प्रा. लि द्वारा फिनपस मिनी पस सार्वजनिक,
कार्तिक-२३
काठमाडौं- सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा, मास्टरकार्ड, युपिआइ, र नेपालपेलगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

