नेपाली समय:

वि.सं २०८२ मंसिर ४   बुधवार

EnglishEN
मधेस प्रदेशसभा बैठक बस्दै,

मधेस प्रदेशसभा बैठक बस्दै,

मङ्सिर-३

 

काठमाडौं-मधेश प्रदेशकी उपभामुख बबिता राउत इशरले प्रदेशसभा बैठक आहवान गर्न गरेकी छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उपसभामुखले बैठक बोलाएकी हुन् ।

 

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ ।

 

मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।

६ घण्टा पहिले
हाम्रो आवाज