आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै,
मंसिर- ७
काठमाडौँ-आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा चलचित्र विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १४ वैशाख २०८२ मा ल्याएका थिए । १४ साउन २०८२ मा राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

