स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित एक जना पक्राउ,
मङ्सिर-८
पर्साको पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेल रहेका छन् । प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी चौकी धारे समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

