मधेशमा सरकार बनाउने समय आज सकिदै, कांग्रेसको नेतृत्वमा सरकार बन्दै,
मङ्सिर -१९
जनकपुरधाम -मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समयसीमा आज ५ बजेसम्म रहेको छ । समय नजिकिदै गएपछि दलहरुले गठबन्धन बनाएर सरकारमा दाबि पेश गर्न छलफल तिब्र पारेका छन् ।
विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपची मुख्यमन्त्री सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।
मधेश प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको आह्वानलगत्तै मधेश प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेससहित सात दल गृहकार्यमा जुटेका हुन् ।
सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी रहेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ ।
विहिबार रातिसम्म भएको छलफलमा मुख्यमन्त्रीको नाममा सहमति भएको दाबि गरिएको छ तर नाम भने गोप्य राखिएको छ ।कांग्रेसका नेता यादवलाई मुख्यमन्त्री बनाउन लोसपा बाहेकाका अन्य ६ दल सहमत भएको बताइएको छ ।
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपा बाहेकका सात दल गठबन्धन बनाएर सरकार बनाउने तयारीमा रहेका छन् ।
मधेश प्रदेशमा एमाले २४, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपा र माओवादी केन्द्रको ९-९, एकीकृत समाजवादीको ७ तथा संघीय समाजवादी, नाउपा र राप्रपाको एक एक सिट रहेको छ ।

