नेपाली समय:

वि.सं २०८२ मंसिर २५   बुधवार

EnglishEN
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ-प्रधानमन्त्री कार्की,

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ-प्रधानमन्त्री कार्की,

मंसिर- २३ 

काठमाडौं । प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न दृढ रहेको बताएकी छन् ।

भ्रष्टाचारविरूद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ रहेको बताएकी हुन् ।

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने क्रममा धम्की आएको संकेत गर्दै उनले भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरूपमा धम्क्याए पनि आफूहरू नडराउने उल्लेख गरेकी छन् ।

१९ घण्टा पहिले
हाम्रो आवाज