अध्यक्ष ओलीले आज सम्पादकहरूसँग साक्षात्कार गर्ने,
मंसिर २५,
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग साक्षात्कार गर्ने भएका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा हुने तय भएको छ।
शनिबारदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरूसमक्ष खुलस्त राख्ने तयारी गरेको बताइन्छ।
पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ।

