नेकपा एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरू,
मङ्सिर-२७
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज बिहान ११ बजे बाट सुरु हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा महाधिवेशन हुँदैछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिए ।
कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताएका छन ।

