राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले बुझायो ज्ञापनपत्र,
मङ्सिर - २८
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

