एमाले अध्यक्षमा पुनःओली बिजयी,
पुष -३
काठमाडौं । नेकपा (एमाले) अध्यक्षमा पुनः केपी शर्मा ओलीबिजयी भएका छन । काठमाडौं र भक्तपुरमा भएको ११औँ महाधिवेशनमा तेस्रो पटक ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धी ईश्वर पोखरेललाई १०९९ मतान्तरले पराजित गर्दै ओलीले अध्यक्षमा तेस्रो बिजयी हुन सफल भएका हुन् ।
अध्यक्षमा ओलीले १६६३ मत ल्याएर निर्वाचित हुँदा पोखरेल ५६४ मत मात्र प्राप्त गर्न सकेका हुन् ।

