मिराज ढुङ्गाना सहितका जेन-जी युवा प्रहरीको नियन्त्रणमा,
पुष-७
काठमाडौं - काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगाना समूहका जेन - जी समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वपक्षीय सरकारको माग गर्दै उनीहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायतको सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका थिए।

