पूर्वगृहमन्त्री लेखकविरुद्ध स्थान हद फुकुवा,
पुष -१७
काठमाडौँ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा सरकारले लगाएको स्थान हद फुकुवा गरिएको छ।
उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार लेखकको पुरक बयान लिँदा बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा भएको जानकारी सार्वजनिक गरेको हो।
आयोगले गत असोज १२ गते बसेको बैठकमा स्थान हद लगाउने निर्णय गरेको थियो ।

