निर्वाचन आयोग द्वारा आगामी निर्वाचनका लागि खर्च सीमा निर्धारण,
पुष -१९
काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् ।

