नेपाली समय:

वि.सं २०८२ पौष २४   बिहीवार

EnglishEN
२० अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक,

२० अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक,

पुष-२३

काठमाडौं - नेपालराष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले बुधबार राष्ट्र बैंक ऋणपत्र मार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

केही साता अघि नेपाल राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत गरेको थियो । जसमध्ये केन्द्रीय बैंकले बुधबार पाँचौ चरणमा २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो ।

१ दिन पहिले
हाम्रो आवाज