नेपाली समय:

वि.सं २०८२ पौष २५   शुक्रवार

EnglishEN
फागुन २१ गते हुने निर्वाचनमा ८० हजार सेना परिचालन गर्ने तयारी,

फागुन २१ गते हुने निर्वाचनमा ८० हजार सेना परिचालन गर्ने तयारी,

पुष-२४
काठमाडौं- नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार सेना परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपति बाट समेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी गराएका छन्।

एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ।

१ दिन पहिले
हाम्रो आवाज