कांग्रेस विशेष महाधिवेशन-कार्यविधि, २०८२’ पारित,
पुष-२८
काठमाडौं - नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केही बेरअगाडि सुरु बन्दसत्रबाट ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरिएको छ । यही पुस २७ गतेदेखि सुरु विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित गरिएको हो ।
बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’सम्बन्धी प्रतिवेदन पेस गरेका छन् । रासस

