नेपाली कांग्रेस विशेष महाधिवेशन: कुरा नमिलेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाको तैयारी,
पुष-२९
काठमाडौँ - नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ अगाडी बढेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । बन्दसत्रले खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर केसीको नेतृत्वमा नयाँ निर्वाचन समिति बनाएको थियो ।
निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।
यसबीच जारी बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रियामा जान दबाब दिएका छन् ।

