नेपाली समय:

वि.सं २०८२ माघ २२   बुधवार

EnglishEN
नेपाली कांग्रेस द्वारा लुम्बिनी प्रदेश निर्वाचन क्षेत्रका लागि केन्द्रीय नेताहरू खटाइए,

नेपाली कांग्रेस द्वारा लुम्बिनी प्रदेश निर्वाचन क्षेत्रका लागि केन्द्रीय नेताहरू खटाइए,

माघ-२०

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन सातै प्रदेशका ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरूलाई खटाएको छ ।

पार्टी सभापति गगन थापाको सचिवालयले दिएको जानकारीअनुसार उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले उनीहरूलाई जिम्मेवारी प्रदान गरी १६५ निर्वाचन क्षेत्रमा खटाइएको जनाएको छ ।

लुम्बनी प्रदेशको रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् । 

यसैगरी कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् । 

दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् । 

१३ घण्टा पहिले
हाम्रो आवाज