नेपाली समय:

वि.सं २०८२ माघ २३   बिहीवार

EnglishEN
जनताको मन जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको एमाले नेताको दाबी,

जनताको मन जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको एमाले नेताको दाबी,

माघ -२१

काठमाडौँ- नेकपा एमालेका उम्मेदवारहरुले जनताको मन जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दाबी गरेका छन्।
बुधबार काठमाडौँ उपत्यकाका उम्मेदवारसँगको संवाद कार्यक्रममा उनीहरुले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मन जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दाबी गरेका हुन्।
कार्यक्रममा एमालेका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी समेत गराएका छन्। 

११ घण्टा पहिले
हाम्रो आवाज