प्रहरीद्वारा ६५ तोला सुन बरामद, गोली प्रहार गरी व्यक्ति पक्राउ,
माघ-२२
काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मंगलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
प्रहरीले गएराति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
रिपोर्टका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको जसमा एकजना प्रहरी पनि घाइते भएका छन् ।

