नेपाली समय:

वि.सं २०८२ माघ २४   शुक्रवार

EnglishEN
सुनचाँदीको मूल्यमा भारी गिरावट,

सुनचाँदीको मूल्यमा भारी गिरावट,

माघ-२२

काठमाडौं - आज बिहीबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुनको भाउ तोलाको ९ हजार ५०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो बुधबार तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

 

यसका साथै चाँदीको भाउ तोलाको ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ पुगेको महासंघको भनाई छ । 

१६ घण्टा पहिले
हाम्रो आवाज