नेपाली समय:

वि.सं २०८२ माघ २८   मंगलवार

EnglishEN
वीरगञ्जको एक गोदाममा छापा मार्दा स्थानीय द्वारा ढुङ्गामुड़ा,

वीरगञ्जको एक गोदाममा छापा मार्दा स्थानीय द्वारा ढुङ्गामुड़ा,

माघ-२६

 

वीरगन्ज- वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको सशस्त्र प्रहरीसहितको संयुक्त टोलीसँग स्थानीयवासी सँग झडप भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा ढुङ्गा मुड़ा पछि स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

 

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली आदर्शनगरस्थित एक गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।

१३ घण्टा पहिले
हाम्रो आवाज