नेपाली समय:

वि.सं २०८२ फाल्गुण १   शुक्रवार

EnglishEN
रास्वपा जिल्ला संगठन प्रमुख रिखिराम  प्रमुख भट्टराई पक्राउ,

रास्वपा जिल्ला संगठन प्रमुख रिखिराम प्रमुख भट्टराई पक्राउ,

माघ -२९

कपिलवस्तु -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।

 

गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताएका छन।

‘सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी गराएका छन् । भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको जानकारी प्राप्त भएको छ ।

१४ घण्टा पहिले
हाम्रो आवाज