राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य,
माघ-२९
काठमाडौँ-राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा फागुन १ गते मध्यरातिबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते शुक्रबार मध्यरातिबाट लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा फागुन १ गते शुक्रबार मध्यरातिबाट लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको बताइएको छ।

