नेपाली समय:

वि.सं २०८२ फाल्गुण ४   सोमवार

EnglishEN
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै,

आज देशभर महाशिवरात्रि पर्व मनाइँदै,

फागुन-३

काठमाडौँ- आज हिन्दु धर्मावलम्बीहरूद्वारा शिवको पुजा अराधना गरी महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ।

 

आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

२० घण्टा पहिले
हाम्रो आवाज