जसपा नेपालका केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य उम्मेदवार यादव नेकपा एमालेमा प्रवेश,
फागुन-४
जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रीनिवास यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जसपा नेपालको केन्द्रीय सदस्यसमेत रहेका यादव सोमबार एमालेमा प्रवेश गरेका हुन् ।
यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्यसहित नेताहरूले पार्टीमा प्रवेश गराएका हुन ।

