नेपाली समय:

वि.सं २०८२ फाल्गुण ५   मंगलवार

EnglishEN
प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा,

प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा,

फागुन-४

काठमाडौँ– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । 

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हुने जानकारी गराएका छन ।

१३ घण्टा पहिले
हाम्रो आवाज