नेपाली समय:

वि.सं २०८२ चैत्र २२   आइतबार

EnglishEN
नेपालगन्ज भन्सारबाट सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन,

नेपालगन्ज भन्सारबाट सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन,

फागुन-१०

बाँके - नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी गराएका छन।

उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती रहेको छ ।

२२ Feb २०२६ , १:००pm
हाम्रो आवाज