नेपाली समय:

वि.सं २०८२ फाल्गुण ११   सोमवार

EnglishEN
देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार भयो- केपी शर्मा ओली,

देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार भयो- केपी शर्मा ओली,

फागुन-१०

काठमाडौँ -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार भएको बताउनुभएको छ ।

आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभएको हो ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको बताएका छन ।

१५ घण्टा पहिले
हाम्रो आवाज