नेपाली समय:

वि.सं २०८२ फाल्गुण १२   मंगलवार

EnglishEN
पोखरा बाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु,

पोखरा बाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु,

फागुन-११

काठमाडौँ -पोखरा बाट काठमाडौँका लागि आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको हो ।

३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार

बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटना भएको बस पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । 


 

१७ घण्टा पहिले
हाम्रो आवाज