नेपाली समय:

वि.सं २०८३ बैशाख ४   शुक्रवार

EnglishEN
निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्‍याएमा जरिवाना देखि कैदसम्मको सजाय हुने - निर्वाचन आयोग,

निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्‍याएमा जरिवाना देखि कैदसम्मको सजाय हुने - निर्वाचन आयोग,

फागुन -१३

 

काठमाडौँ - यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रुपैयाँ दुई लाख बराबरको जरिवाना हुने वा तीन वर्ष कैद सजाय हुने भएको छ । 

 

निर्वाचन आचार संहिता २०८२ बमोजिम कुनै राजनीतिक दल उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस आमसभा कोणसभा बैठक भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने कानुनी व्यवस्था रहेकोले। 

 

यसरी निर्वाचन आचार संहिता विपरीतको क्रियाकलाप गरेको पाइएमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम २ लाख रुपैयाँसम्म जरिवाना तीन वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको आयोगले जनाएको छ। आसन्न निर्वाचनलाई स्वतन्त्र स्वच्छ निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल उम्मेदवार आम नागरिक तथा सरोकारवाला सबैको भएको हुँदा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सबै सरोकारवाला लाई आयोगले अनुरोध समेत गरेको छ । आचार संहिता प्रतिकूल हुने गरी कुनै क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने आयोगले जनाएको छ।

 

२५ Feb २०२६ , ९:४७am
हाम्रो आवाज