मतदानका लागि राष्ट्रिय परिचयपत्र र नागरिकता पनि मान्य हुने- निर्वाचन आयोग,
फागुन- १९
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन मा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य हुने आयोगले बताएको छ । निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्र्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

