नेपाली समय:

वि.सं २०८२ फाल्गुण २८   बिहीवार

EnglishEN
रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक,

रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक,

फागुन-२७

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।

चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको खर्च विवरणअनुसार लामिछानेले सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्न खरिदका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

१४ घण्टा पहिले
हाम्रो आवाज